आज काठमाडौंमा बिहानैदेखि बर्षा, केही प्रदेशमा भारी वर्षा हुने

आज काठमाडौंमा बिहानैदेखि बर्षा, केही प्रदेशमा भारी वर्षा हुने

सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • आज काठमाडौंमा बिहानैदेखि  बर्षा, केही प्रदेशमा भारी वर्षा हुने

    काठमाडौं । मनसुनी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौंमा वर्षा भइरहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । 

    विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकीलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij