देशका ४ मुख्य सडक पूर्णरुपमा अवरुद्ध

देशका ४ मुख्य सडक पूर्णरुपमा अवरुद्ध

शनिवार, श्रावण १० २०८२
शनिवार, श्रावण १० २०८२
  • देशका ४ मुख्य सडक पूर्णरुपमा अवरुद्ध

    काठमाडौं । लगातारको वर्षाका कारण देशभर विभिन्न प्रमुख राजमार्गहरु पूर्ण रूपमा अवरुद्ध भएका छन् । हाल चारवटा मुख्य राजमार्ग पूर्ण रूपमा बन्द छन् ।

    कर्णाली प्रदेशका दुई प्रमुख सडक मार्ग — कर्णाली करिडोर र भेरी करिडोर — पूर्ण रूपमा अवरुद्ध भएका छन् । कर्णाली करिडोर हुम्लाको सिमकोट क्षेत्रमा पहिरो खसेपछि बन्द भएको हो । त्यस्तै, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-६ को रिजिगार क्षेत्रमा आएको बाढीका कारण भेरी करिडोर अन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडक मार्ग अवरुद्ध भएको हो ।

    सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्थित बरुणमा पनि कोशी राजमार्गमा अबिरल वर्षाका कारण सडक पूर्ण रूपमा बन्द भएको छ ।

    रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ मा पर्ने नेपाल–चीन सीमा जोड्ने पुलमा बाढीपछि जोखिम बढेको छ, जसका कारण त्यहाँ पनि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ ।

    आज बिहान साढे १० बजेसम्मको अद्यावधिक विवरण अनुसार, काठमाडौंको टोखा–२ मा पर्ने काठमाडौं–नुवाकोट सडक, बागलुङ र नवलपरासी पूर्वतर्फको कालीगण्डकी करिडोर तथा रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिमस्थित सहिद राजमार्ग भने एकतर्फी मात्र सञ्चालनमा छन् ।

    प्रहरीका अनुसार सबै अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij