सुनको सिक्री नदिएको भन्दै बिहे रोकेर जन्ती फिर्ता लैजाने बेहुला पक्राउ

सुनको सिक्री नदिएको भन्दै बिहे रोकेर जन्ती फिर्ता लैजाने बेहुला पक्राउ

मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • सुनको सिक्री नदिएको भन्दै बिहे रोकेर जन्ती फिर्ता लैजाने बेहुला पक्राउ

    काठमाडौं । दाइजोमा सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गर्ने बेहुला पक्राउ परेका छन् । वीरगन्ज महानगरका एक कर्मचारीले सोमबार राति विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ बजे पक्राउ गरेको हो ।

    पक्राउ पर्ने वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साह हुन् । उनले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए ।

    साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औँठी र हनुमानको माला पाइसकेका थिए ।

    तर राति मण्डपमा सुनको सिक्री नपाएपछि उनले बिहे नै रोकेर जन्ती फिर्ता लगेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij