सात लाख बढी घुससहित कैलालीका वरिष्ठ वन अधिकृत पक्राउ

सात लाख बढी घुससहित कैलालीका वरिष्ठ वन अधिकृत पक्राउ

मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • सात लाख बढी घुससहित कैलालीका वरिष्ठ वन अधिकृत पक्राउ
    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ ।
     
    स्थानीय चुरे गाउँपालिका(६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिर्मका र छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको हो ।
     
    आरोपी यादवको साथबाट रु सात लाख ३१ हजार रकमसहित डिभिजन वन कार्यालयबाट सोमबार साँझ पक्राउ गरेको हो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगक प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij