काठमाडौं । नेपालमा बालविवाहको समस्या अझै पनि गम्भीर रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले सार्वजनिक गरेको 'बालबालिकासम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१' अनुसार, बालविवाहको दर अहिले पनि उच्च छ ।
परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा प्रस्तुत गरेको प्रतिवेदन अनुसार हरेक वर्ष ५४ हजारभन्दा बढी बालबालिकाले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । तीमध्ये ७ प्रतिशतको उमेर १० देखि १४ वर्षबीचको हुने गरेको छ ।
बालबालिकाको स्वास्थ्य अवस्थाबारे पनि चिन्ता व्यक्त गर्दै चन्दले ५ वर्षमुनिका १९ प्रतिशत बालबालिकाको तौल सामान्यभन्दा कम रहेको बताए ।