काठमाडौं । वैशाख १५ गते हुन गइरहेकाे इलाम–२ र बझाङ–१ को उपनिर्वाचनमा जनमत पार्टीले उम्मेदवार उठाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले दुबै क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको हो ।
बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको छ ।