काठमाडौं । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि उनीसँगै बसेका दुई युवक फरार भएका छन् ।
रामानन्दचोकस्थित सिटी होटलको कोठामा मंगलबार बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ । युवतीलाई अस्पताल पुर्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेको भनिएका दुई युवकको खोजी भइरहेको छ ।