काठमाडौं । नेपाल वायुसेवा निगमले चालु आर्थिक वर्षको असार मसान्तसम्मको ऋण किस्ता तिरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी विमानको लागि लिएको ऋणबापत कुल ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको छ ।
निगमले यो ऋण कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको हो । हाल निगमले न्यारो बडी विमानको सम्पूर्ण किस्ता तथा वाइड बडी विमानको आंशिक किस्ता बुझाएको छ ।
हालसम्म जम्मा ७ अर्ब ९२ करोड १४ लाख ६३ हजार रुपैयाँ साँवा र ब्याज गरी तिरिसकेको निगमले जनाएको छ ।