अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    काठमाडौं । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा भए/गरेका काम कारबाहीको सूचनालाई अनलाइनमार्फत उपलब्ध गराउन शुरू गरेको छ ।

    आयोगले आज काठमाडाैंमा पत्रकार सम्मेलन गरेर आरटीआई म्यानेजमेन्ट सिस्टमलाई अनलाइन प्रणालीमार्फत उपलब्ध गराउन शुरू गरेको जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा आयोगका सूचना आयुक्त एवम् प्रवक्ता गगन विष्टले पहिलो चरणमा सङ्घीय सरकारका मन्त्रालय, संवैधानिक आयोग, विभाग र विभागस्तरका सूचना अनलाइमार्फत माग गर्न सकिने र सूचना उपलब्ध नगराएको खण्डमा अनलाइनमार्फत नै  पुनरावेदन दिन सकिने व्यवस्थाको शुरुआत गरेको बताए ।

    प्रवक्ता विष्टका अनुसार प्रणालीलाई क्रमशः तीन तहको सरकार र देशव्यापी रूपमा लागू गर्ने आयोगको योजना छ । उनले सार्वजनिक निकायका धेरैजसो कर्मचारीहरूमा सूचना दिनु नपरोस् भन्ने प्रवृत्ति रहेको भन्दै कडा निगरानी गरिने बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij