बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा गाडी चलाउन रोक

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा गाडी चलाउन रोक

बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा गाडी चलाउन रोक

    काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

    मनसुनको यो बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना रातमा गाडी चलाउन नदिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएकाे छ ।

    यो अवधिमा काठमाण्डौबाट छुट्ने गाडीलाई काभ्रेभञ्ज्याङ र काठमाण्डौ भित्रिने गाडीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिनेछ ।

    तत्कालका लागि यात्रुबाहक र निजी गाडीलाई रोकिएको तर आकस्मिक र मालबाहक गाडीको हकमा नियम लागू नहुने जनाइएकाे छ । ।

    गएको वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो । पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक सयौं गाडी चल्छन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij