काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रूपमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "नेपालको संविधानको धारा ७७(२)(क) अनुसार राजीनामा दिएको र संविधानको धारा ७६(९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री नियुक्त गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार तोकिएको छ ।"
यसअघि घुस काण्डमा मुछिएका राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी भगवती न्यौपानेलाई दिइएको हो ।
