स्पेन प्रकरण छानबिन गर्न सीआईबीका एसएसपीको नेतृत्वमा समिति

स्पेन प्रकरण छानबिन गर्न सीआईबीका एसएसपीको नेतृत्वमा समिति

मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • स्पेन प्रकरण छानबिन गर्न सीआईबीका एसएसपीको नेतृत्वमा समिति

    काठमाडौं । स्पेनमा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउने नाममा नेपालबाट असम्बन्धित व्यक्तिहरूलाई लगिएको आरोपबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

    गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति बनाएको हो । समितिमा सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्युरोका अधिकारीहरू रहेका छन् ।

    गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई उक्त प्रकरणको छानबिन गर्न निर्देशन दिएका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए र असार २० मा फर्किएका थिए । तर भ्रमणमा गएका केही सदस्य स्वदेश नफर्किएको भन्ने समाचार सार्वजनिक भएपछि संसदमा पनि यसबारेमा प्रश्न उठेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij