धरहराको अवलोकन समय लम्बियो, अब बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला

धरहराको अवलोकन समय लम्बियो, अब बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला

मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • धरहराको अवलोकन समय लम्बियो, अब बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला

    काठमाडौं । साउन १ गतेदेखि धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने भएको छ । हाल बिहान १० बजेदेखि ४ बजेसम्म मात्र खुल्ने धरहरा अब दुई सिफ्टमा सञ्चालन हुने भएकाे हाे । 

    सार्वजनिक बिदामा पनि अब धरहरा खुला रहने छ । यसअघि सार्वजनिक बिदा र शनिबार धरहरा बन्द गरिन्थ्यो भने साप्ताहिक बिदा बुधबार दिइन्थ्यो । नागरिकबाट समय बढाउन र बिदामा पनि खोल्न पटक–पटक माग आएको भन्दै मन्त्रालयले यो निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निर्देशनपछि धरहरा अवलोकन समय लम्ब्याउने तयारी गरिएको हो ।

    २०७२ सालको भूकम्पपछि ढलेको धरहरा पुनर्निर्माण गरी असोज ३ गते परीक्षण रूपमा र मङ्सिर ९ गतेदेखि सशुल्क रूपमा सर्वसाधारणका लागि खुला गरिएको थियो । सञ्चालनको सात महिनामा २ लाख ३७ हजारभन्दा बढीले धरहरा अवलोकन गरिसकेका छन् । यस अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाखभन्दा बढी राजस्व संकलन भएको छ । धरहराको सञ्चालन शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमार्फत गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij