स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषय छानबिन गर्न गृहमन्त्रीको निर्देशन

स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषय छानबिन गर्न गृहमन्त्रीको निर्देशन

सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषय छानबिन गर्न गृहमन्त्रीको निर्देशन
    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।
     
    मन्त्री लेखकले आज स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
     
    “प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए रु कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको छु”, मन्त्री लेखकले भने, “स्पेन जान भिजिट भिषाको प्रबन्ध कसले ग¥यो रु लगायतका विषयमा अनुसन्धान हुनेछ ।”
     
    उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । “यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने छ”, उनले भने। प्रधानमन्त्री ओली यही असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij