आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल लेखेका छन् “आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती ।

    आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो । नेपाली भाषामा आदिलेखन थालनी गरेका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।” आज देशभरि नै आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij