देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

    काठमाडौं । हाल देशभर मनसुनी वायुले प्रभाव जमाइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा औसत स्थानको आसपास र पश्चिमी भागमा औसतभन्दा केही उत्तरतिर सरेको छ।

    यसको असरले गर्दा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली देखिएको छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम प्रायः सफा रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको छ।

    आज राति कोशी प्रदेश तथा अन्य प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य भूभागका थोरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना यथावत छ।

    कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिमबाट जोगिन सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij