ल्हेन्दे खोलाको बाढीमा फसेका दुई जनाको सेनाको हेलिकप्टरद्वारा सकुशल उद्धार

ल्हेन्दे खोलाको बाढीमा फसेका दुई जनाको सेनाको हेलिकप्टरद्वारा सकुशल उद्धार

मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • ल्हेन्दे खोलाको बाढीमा फसेका दुई जनाको सेनाको हेलिकप्टरद्वारा सकुशल उद्धार

    काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका कारण त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।  नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए ।  अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij