जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

    धनुषा । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एक जनाको ज्यान गएको छ । 

    जिल्ला प्रहरीका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार, जयनगर जनकपुर कुर्था रेल्वेमा लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय विनोद साहको रेलको ठक्करबाट मृत्यु भएको हो । 

    ‘इयरफोन’ लगाएर रेल्वे लिकमा हिँडिरहेका सो व्यक्तिलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । हर्न बजाए पनि नसुन्दा उनको रेलले ठक्कर दिइ ज्यान गएको हो । 

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij