बनेपा–नाला–भक्तपुर सडक फेरि अवरुद्ध

बनेपा–नाला–भक्तपुर सडक फेरि अवरुद्ध

सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • बनेपा–नाला–भक्तपुर सडक फेरि अवरुद्ध

    काभ्रेपलाञ्चोक । बाढीका कारण ह्युमपाइपमाथिको माटो बगिएपछि बनेपा–नाला–भक्तपुर सडक पुनः बन्द भएको छ ।

    पुल भत्किएपछि वैकल्पिक रुपमा ह्युमपाइप राखेर आइतबार बिहान मात्र खुलाइएको सडक साँझपखको वर्षाले पुनः अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

    पुण्यमाता खोलामा अड्याइएको फलामको अस्थायी पुल शुक्रबार राति भत्किएपछि सडक सञ्चालनमा ल्याउन बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार ह्युमपाइप राखिएको थियो ।

    तर, आइतबार साँझदेखि नाला क्षेत्रमा परेको अविरल वर्षाका कारण बाढीले ह्युमपाइपमाथिको माटो बगाएपछि सडक फेरि पूर्णरूपमा बन्द भएको हो ।

    उक्त सडक अरनिको राजमार्गअन्तर्गत धुलिखेल–सूर्यविनायक खण्डको वैकल्पिक मार्गसमेत हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij