भोलि राष्ट्रियसभा अध्यक्षको निर्वाचन, संघीय संसद् सचिवालयद्वारा सम्भावित कार्यसूची सार्वजनिक

भोलि राष्ट्रियसभा अध्यक्षको निर्वाचन, संघीय संसद् सचिवालयद्वारा सम्भावित कार्यसूची सार्वजनिक

सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • भोलि राष्ट्रियसभा अध्यक्षको निर्वाचन, संघीय संसद् सचिवालयद्वारा सम्भावित कार्यसूची सार्वजनिक

    काठमाडौं । संघीय संसद् सचिवालयले मंगलबार बिहान ११ः०९ बजेमा तय भएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने उक्त बैठकका लागि ४ वटा सम्भावित कार्यसूची तय गरेको हो । 

    संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । 

    यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

    निर्वाचन सकिएपछि आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने सचिवालयले जनाएको छ । निर्वाचन कार्यक्रमअनुसार आज युवराज शर्मा र नारायण प्रसाद दाहालले अध्यक्ष पदमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

    sava.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij