अमेरिकामा हुने विश्व वक्तृत्व सेमिफाइनलमा स्थान बनाउन सफल संस्कृति

अमेरिकामा हुने विश्व वक्तृत्व सेमिफाइनलमा स्थान बनाउन सफल संस्कृति

सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • अमेरिकामा हुने विश्व वक्तृत्व सेमिफाइनलमा स्थान बनाउन सफल संस्कृति

    काठमाडाैं । संस्कृति आचार्य, व्यवस्थापन (BBA) की विद्यार्थी, संसारकै प्रतिष्ठित वक्तृत्व प्रतियोगिता World Championship of Public Speaking को सेमिफाइनलमा स्थान बनाउन सफल भएकी छिन् । यो सेमिफाइनल अमेरिका, फिलाडेल्फियामा हुने अन्तर्राष्ट्रिय सम्मेलनको दौरान आयोजना हुनेछ, जहाँ विश्वभरिका उत्कृष्ट वक्ताहरूले प्रतिस्पर्धा गर्नेछन् ।

    संस्कृतिको यो अन्तर्राष्ट्रिय यात्राको सुरुआत स्थानीय स्तरका प्रतियोगिताबाट भएको थियो । प्रत्येक चरणमा उनले प्रभावशाली प्रस्तुति, सशक्त कथा वाचन र भावनात्मक सम्प्रेषणमार्फत सबैको मन जित्दै अघि बढिन् । कठोर प्रतिस्पर्धाबीच उनी दिल्लीमा आयोजित International Speech Contest मा विजयी भइन्, जहाँ भारतभरका उत्कृष्ठ वक्ताहरू उपस्थित थिए ।

    उक्त जितपछि उनी प्रतियोगिताको क्वार्टरफाइनल चरणमा छनोट भइन् । सो चरणमा उनले धेरै प्रतिस्पर्धीहरूमध्ये शीर्ष दुईमा स्थान बनाउँदै सेमिफाइनलमा पुगिन् । अहिले उनी विश्वभरका १२८ वक्तामध्ये शीर्ष २८ मा पर्न सफल भएकी छन्, जुन उनको निरन्तर अभ्यास, समर्पण र प्रभाव पार्ने क्षमताको प्रतिविम्ब हो ।

    अब सेमिफाइनल चरणमा संस्कृति आचार्यलाई अन्तिम चरणमा पुग्नका लागि शीर्ष चारमा पर्नु आवश्यक छ । चुनौती अझ बाँकी छ, तर उनको यात्रा र प्रदर्शनले प्रमाणित गर्छ कि उनी त्यो लक्ष्यसम्म पुग्न सक्षम छिन् । संस्कृति आचार्यका लागि यो केवल प्रतियोगिता होइन—यो एक सपना हो, जुन उनी आफ्ना शब्दहरू, आत्मबल, र अटुट जोशमार्फत साकार गर्दैछिन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij