गण्डकीदेखि पश्चिमका केही ठाउँमा वर्षा, कस्तो रहला अन्यत्रको मौसम ?

गण्डकीदेखि पश्चिमका केही ठाउँमा वर्षा, कस्तो रहला अन्यत्रको मौसम ?

सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • गण्डकीदेखि पश्चिमका केही ठाउँमा वर्षा, कस्तो रहला अन्यत्रको मौसम ?

    काठमाडौं । गण्डकी प्रदेश र त्यहाँबाट पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । पछिल्लो एकघण्टा यता कास्की, लमजुङ, पर्वत, म्याग्दी, पाल्पा, प्यूठान, रोल्पा, अर्घाखाँची, डोटी लगायतका ठाउँमा वर्षा भइरहेको हो । राति काठमाण्डौ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र लमजुङमा बाढी आउने गरी पानी परेको थियो ।

    आज दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशको एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij