सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षलाई 'योग वर्ष' का रूपमा मनाउने

सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षलाई 'योग वर्ष' का रूपमा मनाउने

आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षलाई 'योग वर्ष' का रूपमा मनाउने

    भक्तपुर । सूर्यविनायक नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८२/८३ लाई 'योग वर्ष'का रूपमा मनाउने घोषणा गरेको छ ।

    नगरपालिकाको वडा नम्बर २ मा रहेको बाल्कोट योग साधना केन्द्रको १५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपमेयर सरिता तिमसिना भट्टराईले उक्त जानकारी दिइन् । उनका अनुसार सूर्यविनायक क्षेत्रमा पतञ्जली योग समिति भक्तपुरअन्तर्गत १७ वटा साधना केन्द्र तथा अन्य केन्द्रहरू समेत गरी झन्डै ५० वटा योग साधना केन्द्र सञ्चालनमा छन्, जसले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन् ।

    कार्यक्रममा पतञ्जली सूर्यविनायक नगर योग समितिका अध्यक्ष रत्नलाल श्रेष्ठले बाल्कोट योग साधना केन्द्रको योगदान विशेष रहेको बताए । उनका अनुसार यो केन्द्र सूर्यविनायक नगरपालिकाको पहिलो योग साधना केन्द्र हो, जसको सक्रियतामा अन्य १७ वटा केन्द्र विस्तार भएका छन् । ती केन्द्रहरूमा सात सयभन्दा बढी व्यक्तिहरू नियमित रूपमा योगाभ्यासमा संलग्न छन् ।

    १५औं वार्षिकोत्सवको अवसरमा बाल्कोट योग साधना केन्द्रले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमअन्तर्गत धार्मिक स्थलहरूको सरसफाइ, रक्तदान, तथा मानव सेवा केन्द्रका बासिन्दालाई भोजन सेवा लगायत कार्यहरू गरिएको केन्द्रकी कार्यवाहक संयोजक सावित्री आचार्यले जानकारी दिइन् ।

    बाल्कोट योग साधना केन्द्रले नेपाल रेडक्रस बाल्कोट उपशाखाको भवनमा प्रत्येक बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योग अभ्यास सञ्चालन गर्दै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij