सरकारी छाप किर्ते तथा ठगी मुद्दाका फरार आरोपी पक्राउ

सरकारी छाप किर्ते तथा ठगी मुद्दाका फरार आरोपी पक्राउ

सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • सरकारी छाप किर्ते तथा ठगी मुद्दाका फरार आरोपी पक्राउ

    काठमाडौं । सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ बस्ने ३३ वर्षीय विकास चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

    उनलाई यशोधरा गाउँपालिका–७ मर्यादापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीको ३ वर्ष २ महिना १६ दिन कैद भुक्तान गर्न बाँकी रहेको र ३ लाख रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij