बनेपा–नाला–भक्तपुर सडकखण्डको पुल भाँचिएपछि यातायात अवरुद्ध (तस्वीरसहित)

बनेपा–नाला–भक्तपुर सडकखण्डको पुल भाँचिएपछि यातायात अवरुद्ध (तस्वीरसहित)

शनिवार, आषाढ २१ २०८२
शनिवार, आषाढ २१ २०८२
  • बनेपा–नाला–भक्तपुर सडकखण्डको पुल भाँचिएपछि यातायात अवरुद्ध (तस्वीरसहित)

    काभ्रे । अरनिको राजमार्ग अन्तर्गतको मुख्य वैकल्पिक मार्ग बनेपा–नाला–भक्तपुर सडकखण्डमा रहेको पुण्यमाता खोलाको पुल भाँचिएपछि यातायात पूर्ण रूपमा रोकिएको छ ।

    बनेपा नगरपालिका–१ र ४ को सिमानामा पर्ने उक्त पुल रातिको समयमा टुटेको जिल्ला ट्राफिक कार्यालय काभ्रेद्वारा जनाइएको छ । पुल भाँचिएसँगै यात्रु र स्थानीय बासिन्दालाई ओहोरदोहोर गर्न गाह्रो भएको छ भने सवारीसाधनहरू अन्य वैकल्पिक बाटो खोज्न बाध्य भएका छन् ।

    धुलिखेल–सुर्यविनायक सडक खण्ड अहिले निर्माणाधीन अवस्थामा रहेकाले त्यसको विकल्पका रूपमा प्रयोग भइरहेको बनेपा–नाला–भक्तपुर मार्गसमेत अवरुद्ध भएपछि अरनिको राजमार्ग नै प्रभावमा परेको हो ।

    सायद २ जना मानिसहरू, स्केटबोर्ड, मार्ग  र घाँस को फोटो हुनसक्छ

    सायद ३ जना मानिसहरू  र बाटो को फोटो हुनसक्छ

    सायद २ जना मानिसहरू  र बाटो को फोटो हुनसक्छ

    सायद २ जना मानिसहरू को फोटो हुनसक्छ

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij