काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक नेपालको निर्देशक फारिस हदाद जर्भोसबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटवार्ताकाे क्रममा अर्थमन्त्री पुनले नेपालमा सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गरे । विश्व बैंक नेपालको ठूलोमध्येको विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको उनको भनाइ थियो ।