काठमाडौं । ताप्लेजुङस्थित शेर्पा समुदायका संघसंस्थाले अबदेखि नेपाल पञ्चांग निर्णायक समितिले बौद्धमार्गीलाई सहभागी नगराई पात्रो प्रकाशन गरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल पञ्चांग निर्णायक समितिको गल्तीले गर्दा एक महिनाअघि माघ २७ गते नै मनाइएको शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको सार्वजनिक बिदा सरकारले फागुन २८ गते (आज) दिएको भन्दै शेर्पाहरूको छाता संगठन नेपाल शेर्पा संघको ताप्लेजुङ जिल्ला कार्यसमिति र यसका भ्रातृ संस्थासमेत चार संस्थाले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
