झुटो विवरण पेस गरि नेपाली नागरिकता लिनेको खाेजी प्रक्रिया सुरु

झुटो विवरण पेस गरि नेपाली नागरिकता लिनेको खाेजी प्रक्रिया सुरु

सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • झुटो विवरण पेस गरि नेपाली नागरिकता लिनेको खाेजी प्रक्रिया सुरु

    वीरगञ्ज । झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिएका २ जना भारतीयको नागरिकता खारेजको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । वीरगन्ज महानगरपालिका ३ मा जन्मस्थान देखाएर धनुषाको हरिने गाउँपालिका ३ को स्थायी बासिन्दा भन्दै नागरिकता लिन सफल सैफ अली ठकुराई उर्फ अलीराजा चौहान र मुराद अली ठकुराई उर्फ मुराद अली चौहान विरुद्ध नागरिकता खारेजी हुनु पर्ने दाबी सहित जिल्ला प्रशासनमा उजुरी परेको हो ।

    भारतीय बाबु रहेको जन्मदर्ता मै स्पष्ट हुँदाहुँदै पनि झुटा विवरण पेस गरेर दुवै जनाले वंशजको आधारमा गएको २०७० जेठ १३ मा नेपाली नागरिकता लिन सफल भएका थिए ।

    लगत्तै २०७८ भदौ ३० मा जन्मस्थान धनुषाको हरिने गा.पा वडा नं ३ रहेको स्थायी वासस्थान वीरगन्ज महानगरपालिका ३ रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साबाट प्रतिलिपि लिएका छन् ।

    धनुषाबाट जारी भएको नागरिकतामा आमाको नाम उल्लेख भएकोमा पर्साबाट लिएको नागरिकतामा आमाको नाम समेत हटाइएको छ ।

    यस्तै उनीहरू भारतको विहार राज्य जिल्ला पूर्वी चम्पारण थाना आदापुर पञ्चायत लक्ष्मीपुर पोखरी वडा नं १० पोस्ट विसुनपुरवाका स्थायी बासिन्दा रहेको उजुरीमा उल्लेख छ ।

    सैफ अली २०५२ र मुराद २०५७ मा जन्म भएको देखिएको तर २०६३ को नागरिकता टोलीबाट उनकी आमा हप्सा खातुनले जन्मको आधारमा बाबुको नामबाट अविवाहित नागरिकता लिएको देखिएकाले परिवारैले झुटा विवरणको आधारमा नेपाली नागरिकता लिएको स्पष्ट भएको भन्दै तत्काल पक्राउ गरि कारबाही गर्न उजुरी परेको हो ।

    वीरगन्ज महानगरपालिका वडा नं.१ निवासी सुरेशमान सिंह श्रेष्ठले झुटा विवरण दाखिल गरी जन्म दर्ता एवं नागरिकता लिने दुबैलाई कानुन बमोजिम कारबाही अगाडी बढाइ नागरिकता बदर गरी हदैसम्म दण्ड सजाय गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

    झुटा विवरण पेस गरि भारतीय व्यक्तिले नेपाली नागरिकता लिएको भन्ने उजुरी प्रमाण सहित पेस हुन आएकाले दर्ता गरेर तत्काल कारबाहीका लागि अघि बढाएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij