आज अधिकाँश स्थानमा पानी पर्ने, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज अधिकाँश स्थानमा पानी पर्ने, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • आज अधिकाँश स्थानमा पानी पर्ने, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । केही भूभागमा भारी वर्षा समेत भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij