पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

    काठमाडौं । टेरामक्स प्रकरणमा जोडिएका पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख धरौटी मागेको छ । विशेष अदालतका न्यायाधीश त्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई २५ लाख धरौटी मागेको हो ।

    गएको जेठ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछी आइतबार बस्नेत अदालतमा उपस्थित भएका थिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा जेठ १ गते बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij