राजस्व प्रशासनमा कानूनी कार्यविधि सम्बन्धी प्रशिक्षण

राजस्व प्रशासनमा कानूनी कार्यविधि सम्बन्धी प्रशिक्षण

शनिवार, आषाढ १४ २०८२
शनिवार, आषाढ १४ २०८२
  • राजस्व प्रशासनमा कानूनी कार्यविधि सम्बन्धी प्रशिक्षण

    काठमाडौं । काठमाडौंमा राजस्व प्रशासनमा कानूनी कार्यविधि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा शुक्रबार साे कार्यक्रम सम्पन्न भएको हाे । 

    आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको सभाहलमा आयोजित कार्यक्रममा सह-न्यायाधिवक्ता हरिशंकर ज्ञवालीले कर निर्धारणको क्रममा परिपालना गरिनुपर्ने कार्यविधिगत विषयमा केन्द्रित भई प्रशिक्षण दिएका थिए । 

    No description available.

    ज्ञवालीले विशेषत: कर प्रशासनसँग सम्बन्धित हदम्याद, क्षेत्राधिकार, मुचुल्का, बयान  लगायतका अनुसन्धान तहकिकात एवं निर्णयका सम्बन्धमा ध्यान दिनुपर्ने कार्यविधिगत विषयमा प्रशिक्षण दिएका थिए । यस्तै नायब महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले राजस्व प्रशासनसँग सम्बन्धित कर विवादका विषयमा वस्तुनिष्ठ प्रतिरक्षाका लागि निकायगत समन्वय जरुरी रहेको बताए । 

    स्वच्छ सुनुवाईको सुनिश्चितामा कर प्रशासनले सदैव ध्यान दिनुपर्ने एवं फैसला कार्यान्वयनलाई प्राथामिकता दिनुपर्ने तर्फ रिजालको थियोे ।  राजस्व प्रशासन संचालनको क्रममा कानुनी कार्यविधिगत विषयमा देखा परेका द्विविधाका सम्बन्धमा सहभागी कर्मचारीहरुले राखेका जिज्ञासा रिजाल र ज्ञवालीले सम्बाेधन गरका थिए । 

    No description available.

    आन्तरिक राजस्व विभागको तर्फबाट उपन्यायाधिवक्ता सविता शर्मा समेतकाे उपस्थिती रहेको उक्त कार्यक्रममा  प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले कर कार्यालय जस्ता अर्धन्यायिक निकायमा कानूनी कार्यविधि सम्बन्धि आयोजित कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको बताए । 

    आन्तरिक राजस्व कार्यालयमा छूट्टै अनुसन्धान शाखा रहने गरि आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको नयाँ स्वीकृत O&M Survey अनुसार  आगामी दिनमा गरिने अनुसन्धानको काममा कानूनी कार्यविधिगत ज्ञानको थप उपादेयता रहने प्रमुख आचार्यको भनाइ थियाे । कार्यक्रमको संचालन कर अधिकृत बेद प्रसाद खनालले गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij