घुससहित दुई प्रहरी पक्राउ

घुससहित दुई प्रहरी पक्राउ

सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • घुससहित दुई प्रहरी पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रहरीलाई घुस रकमसहित पक्राउ गरेको छ । प्रहरी चौकी कान्तिबजार महोत्तरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई)शर्माप्रसाद यादव र वरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झालाई घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

    उनका अनुसार सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित गैरीटोलबाट आइतबार  उनीहरूलाई नियन्त्रणमा लिइएको हो । 

    महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्न छलफल गराउने भन्दै सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा बर्दिबासबाट खटिएको टोली उनीहरूलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । 

    उनीहरूमाथि थप अनसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij