बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

    ललितपुर । बाढीले बगाएर ललितपुरमा एक सवइञ्जिनियरको मृत्यु भएको छ । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्युु भएको हो ।

    महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंका अनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।

    खोल्साको बाढीले साँझ ७ः३० बजेतिर बगाएका दहालको शव राती १० बजेतिर फेला पारिएको बताइएको छ । बाढीका कारण त्यस क्षेत्रका सबै सडक बन्द भएका कारण नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएको चौलागाईले बताए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij