गभर्नर पाैडेलकाे सम्पत्ति विवरण : १४ कराेड रुपैयाँकाे शेयर, ४५ ताेला सुन

गभर्नर पाैडेलकाे सम्पत्ति विवरण : १४ कराेड रुपैयाँकाे शेयर, ४५ ताेला सुन

बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • गभर्नर पाैडेलकाे सम्पत्ति विवरण : १४ कराेड रुपैयाँकाे शेयर, ४५ ताेला सुन

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर पौडेलले आज सार्वजनिक गरेको विवरणमा उनी र श्रीमतीका नाममा गरी १४ करोड रुपैयाँभन्दा धेरै शेयरमा लगानी छ । यस्तै पौडेल र उनको श्रीमतीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी २७ लाख रुपैयाँ निक्षेप रहेको छ ।

    यस्तै पौडेलकी श्रीमती प्रतिभा शर्माका नाममा ललितपुरको सैँबु र चितवनको गैँडाकोटमा एक/एक घर र जग्गा रहेको छ । यस्तै गर्भनर पौडेलकी श्रीमतीका नाममा एउटा कार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

    यसैगरी पौडेलसँग झन्डै ४५ तोला सुनका गहना र झन्डै १५ लाख रुपैयाँ बराबरका हिराका गहना रहेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij