निजी संस्थाबाट स्वास्थ्य बिमा सेवा लिए २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने

निजी संस्थाबाट स्वास्थ्य बिमा सेवा लिए २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने

सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • निजी संस्थाबाट स्वास्थ्य बिमा सेवा लिए २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने

    काठमाडौं । स्वास्थ्य बिमा बोर्डले निजी संस्थाबाट स्वास्थ्य बिमाबापतको सेवा लिएमा २० प्रतिशत रकम आफैंले भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डको २४ फागुनमा बसेको बैठकले सह भुक्तानी कार्यविधि संशोधन गर्दै निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिनेहरूले २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि सह भुक्तानी कार्यविधिअनुसार बिमितले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा १० प्रतिशत कोपेमेन्ट शुल्क तिर्नुपर्ने व्यवस्था लागु गरिएको थियो ।

    तर निजी स्वास्थ्य संस्थामा २० प्रतिशत भुक्तानी गनुपर्ने व्यवस्था निःशुल्क लक्षित समूह र आकस्मिक सेवा लिन जानेका हकमा भने यो व्यवस्था लागु हुने छैन ।

    १५ शैय्यासम्मका आधारभूत अस्पतालमा भने सह भुक्तानी व्यवस्था लागु हुने छैन । १५ शैय्यामाथिका सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा सेवा लिनेहरूले १० प्रतिशत सह भुक्तानी गर्नुपर्नेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij