स्थानीयले जलाए साईकल यात्रीलाई ठक्कर दिने बस

स्थानीयले जलाए साईकल यात्रीलाई ठक्कर दिने बस

सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • स्थानीयले जलाए साईकल यात्रीलाई ठक्कर दिने बस

    काठमाडौं । सर्लाहीको नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत सलेमपुर चोकमा नवलपुरबाट मलंगवातर्फ गइरहेको ग २ ख १४४० नम्वरको  बसको ठक्करबाट एक साइकल यात्री गम्भीर घाइते भएका छन् । त्यसपछि आक्रोशित गाउँलेले बसमा आगो लगाइदिएका  छन् ।

    बसको ठक्करबाट साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको छ । उनको अवस्था चिन्ताजनक नै रहेकाे प्रहरीले जनाएकाे छ ।

    दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका छन् । बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij