बनेपामा गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

बनेपामा गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

शनिवार, आषाढ ७ २०८२
शनिवार, आषाढ ७ २०८२
  • बनेपामा गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

    काठमाडौं । काभ्रेको बनेपा नगरपालिका ७ मा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा काभ्रेकै तेमाल गाउँपालिका १ घर भइ हाल बनेपा ७ मा डेरा गरि बस्ने बर्ष ४५ को ज्ञानध्वज तामाङ रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

    प्रहरीका अनुसार, पनौतीबाट बनेपातर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको गाडीले बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र ०२–०२३ प ६०२३ नम्वरको स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएको र उपचारको लागि शिरमेमोरियलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएकाे छ ।

    ठक्कर दिने गाडी र स्कुटर इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । गाडीको चालक धनुषा जिल्ला जनकपुर उपमाहानगरपालिका १३ बस्ने अन्दाजी वर्ष ३५ को अजय यादव फरार भएको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij