काठमाडौं उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने

काठमाडौं उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने

शनिवार, आषाढ ७ २०८२
शनिवार, आषाढ ७ २०८२
  • काठमाडौं उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने बताएका छन् ।

    बूढानीलकण्ठ नगरपालिका–४ मा निर्मित खानेपानी आयोजनाको समुद्घाटन तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण कार्यक्रममा उनले काठमाडौंवासीले अब सधैँभरि पानी पाउने बताए । उनले मेलम्चीको पानी दैनिक आपूर्ति गरिने बताए ।

    मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सेवाको पहुँच पु¥याउन आवश्यक रणनीति बनाउन सरकार प्रतिबद्ध रहेको बताए । बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा पानीको समस्या हुन नदिन आफू निरन्तर क्रियाशील रहेको परिणाम स्वरुप आयोजना समयमै सम्पन्न भएको उनले बताए । 

    काठमाडौं उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका लागि प्रयास भइरहेको मन्त्री यादवले जानकारी दिए । 

    उक्त आयोजना बागमती प्रदेश सरकारअन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन नं ५, बूढानीलकण्ठ नगरपालिका, र केयुकेएलको संयुक्त समन्वयमा निर्माण भएको हो ।

    त्यस अवसरमा बागमती प्रदेश खानेपानी तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का, बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं ४ का अध्यक्ष राम केसी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायत उपपिस्थत थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij