चितवनमा गाडी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

चितवनमा गाडी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

शनिवार, आषाढ ७ २०८२
शनिवार, आषाढ ७ २०८२
  • चितवनमा गाडी दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते

    काठमाडौं ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा बिहान गाडी दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरू १८ जना घाइते भएका छन् ।

    धनगढीबाट काँकडभिट्टाका लागि छुटेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढका लागि छुटेको माइक्रो बस एक आपसमा ठोक्किएका चितवनका प्रहरीले जनाएकाे छ ।

    घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोम प्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नामथर खुल्न नसकेकी अन्दाजी १८/१९ र २४/२५ वर्षीया दुई महिला, २२/२३ वर्षीय पुरुष, ३०/३५ वर्षीया गर्भवती महिला र ३५/४० वर्षीय पुरुष रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij