बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक गाडी चलाउन रोक

शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक गाडी चलाउन रोक

    काठमाडौं । बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा भोलिदेखि १५ दिनका लागि रातिमा यात्रुवाहक गाडी चलाउन रोक लगाइने भएको छ ।

    आज बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बेलुकी साढे ६ देखि बिहान ५ बजेसम्म यात्रुवाहक गाडी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएकाे छ ।

    काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडक खण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij