प्रशासन सेवाका १६ जनासहित ३३ कर्मचारी उपसचिवमा सिफारिस

प्रशासन सेवाका १६ जनासहित ३३ कर्मचारी उपसचिवमा सिफारिस

बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • प्रशासन सेवाका १६ जनासहित ३३ कर्मचारी उपसचिवमा सिफारिस

    काठमाडौं । विभिन्न सेवा समूहका ३३ जना कर्मचारी उपसचिव पदका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगद्वारा लिइएको खुला, समावेशी तथा आन्तरिक प्रतिस्पर्धात्मक परीक्षामार्फत ती कर्मचारीहरूको सिफारिस गरिएको हो ।

    सबैभन्दा धेरै १६ जना नेपाल प्रशासन सेवाबाट सिफारिस भएका छन् । खुलातर्फ उर्मिलादेवी निरौला, लक्ष्मण लम्साल, विमोचन घिमिरे, रविन कार्की, सुनिल ठकुल्ला, महेन्द्रकुमार शर्मा, खुमराज आचार्य र श्याम दाहाल सिफारिस भएका छन् । महिलातर्फ जानुका न्यौपाने, सम्झना लामिछाने र सरस्वती जोशी छन् । आदिवासी जनजातितर्फ विनोदकुमार माझी र मीनबहादुर घर्तीमगर, र दलिततर्फ मेघराज सोनी र खगेन्द्र बर्देवा सिफारिस भएका छन् ।

    नेपाल न्याय सेवाबाट ८ जना उपसचिवका लागि सिफारिस भएका छन् । न्याय समूह अन्तर्गत खुलातर्फ सदिक्षा राउत, राजेन्द्र पौडेल, नवराज सिम्खडा, महिलातर्फ विजिता ढकाल, र दलिततर्फ गोपाल गजमेर छन् । सरकारी वकिल समूहतर्फ खुलातर्फ नेत्रप्रसाद पौडेल, मधेसी समुहतर्फ नरेशराय यादव र पिछडिएको क्षेत्रतर्फ ओझा लामिछाने सिफारिस भएका हुन् ।

    नेपाल इन्जिनियरिङ सेवाबाट ५ जनाको सिफारिस भएको छ । आन्तरिक प्रतिस्पर्धाबाट सिभिल समूहको हाइवे उपसमूहतर्फ अल्का प्रजापती र विवेक सिग्देल, आदिवासी जनजातितर्फ विनोद पुन, जनरल उपसमूहतर्फ खुलातर्फ विपिन ज्ञवाली र आन्तरिकतर्फ सजन श्रेष्ठ सिफारिस भएका छन् ।

    त्यस्तै, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवाको तथ्याङ्क समूहबाट ३ जना उपसचिवमा सिफारिस भएका छन् । आन्तरिक प्रतिस्पर्धाबाट पुर्णबहादुर घर्तिमगर र गौरी जोशी तथा मधेसी समुहतर्फ शिवनारायण महतो सिफारिस भएका छन् ।

    नेपाल लेखापरीक्षण सेवाबाट भने खुलातर्फ भिमप्रसाद रिजाल उपसचिव पदमा सिफारिस भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij