देशकै ठुलो प्लाई उद्योगको आगलागी पाँच घण्टामा पनि नियन्त्रणमा आएन

देशकै ठुलो प्लाई उद्योगको आगलागी पाँच घण्टामा पनि नियन्त्रणमा आएन

सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • देशकै ठुलो प्लाई उद्योगको आगलागी पाँच घण्टामा पनि नियन्त्रणमा आएन

    भद्रपुर । झापास्थित मुलुककै ठुलो प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बिहान साढे पाँच वजे लागेको आगो ११ वजेसम्म पनि पुर्ण रुपमा नियन्त्रणमा आउँन नसकेको हो । झापाका प्रहरी प्रमुख मिलन केसीका अनुसार, झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान आगलागी शुरु भएको थियो ।

    आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ । पुर्व र उत्तर साइडको आगो नियन्त्रणमा आएपनि पश्चिम र दक्षिणतर्फको आगो अझै नियन्त्रणमा लिन नसकिएको केसीले जानकारी दिए । आगलागीबाट प्लाइउडका कच्च पदार्थ उत्तिस लगायतका काठ जलेर नष्ट भएका छन् । ठुुलो परिमाणमा काठ रहेका कारण पनि आगलागी नियन्त्रणमा लिन गाह्रो भएको केसीको भनाई छ ।

    तयारी उत्पादन लगायतका स्थानीयका घरमा आगो फैलन नपाएको केसीले बताए । ‘आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीय खटिएका छन् । आगलागीको कारण र आगलागीबाट भएको क्षति यकिन हुन नसकेको बताइएको छ । उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत रहेको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij