ढुण्डिराज शास्त्रीको निधनमा कांग्रेसले ३ दिन शोक मनाउने

ढुण्डिराज शास्त्रीको निधनमा कांग्रेसले ३ दिन शोक मनाउने

बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • ढुण्डिराज शास्त्रीको निधनमा कांग्रेसले ३ दिन शोक मनाउने

    काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको छ।
     
    कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शास्त्रीको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो।
     
    बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

     नेता शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा यही असार २ गते निधन भएको हो। बैठकमा नेता शास्त्रीको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो।   

    विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शास्त्रीले प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए।


    शास्त्री बिपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्याताको रूपमासमेत चिनिन्थे। अर्घाखाँचीको किमडाँडामा विसं १९९३ जेठ २५ गते जन्मिएका शास्त्री पटकपटक कांग्रेसको केन्द्रीय सदस्य हुनुका साथै विसं २०४८ र विसं २०५१ को आमनिर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

    नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति कांग्रेसले उच्च सम्मान प्रकट गरेको छ। उनको निधनबाट कांग्रेसले एक वौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको मुख्यसचिव पौडेलले बताए। 

    पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गर्दै पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन्। 

    त्यस कांग्रेसका महामन्त्री गगनकुमार थापा तथा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा‍ शशाङ्क कोइराला, गोपानमान श्रेष्ठ, डा मीनेन्द्र रिजाललगायत नेताहरूले स्व शास्त्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए। स्व शास्त्रीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार कांग्रेसले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij