राप्रपाका नेता रवीन्द्र मिश्र तीन लाख धरौटीमा रिहा

राप्रपाका नेता रवीन्द्र मिश्र तीन लाख धरौटीमा रिहा

बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • राप्रपाका नेता रवीन्द्र मिश्र तीन लाख धरौटीमा रिहा

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ । 

    न्यायाधीश तारादेवी महर्जनको इजलासले आज मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । हिजाे सकिएको थुनछेक बहसमा उनलाई धरौटीमा छाड्ने आदेश भएको उनले जानकारी दिए । 

    सूचना अधिकारी श्रेष्ठका अनुसार मिश्रको हिजै तीन लाख बुझाएका थिए । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो । 

    राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र विरूद्ध सरकारले राज्य विरूद्धको कसुर, आपाराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij