रविन्द्र मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

रविन्द्र मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • रविन्द्र मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

    काठमाडौं । काठमाडाैं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएकाे छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले आज मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

    काठमाडाैंकाे तीनकुनेमा चैत १५ गते राजावादीले गरेकाे आन्दाेलन हिंसात्मक भएपछि मिश्र पक्राउ परेका थिए । मिश्रमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसूरमा मुद्दा दर्ता भएको थियो ।

    मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने हिजाे बेलुका तीन लाख रुपैयाँ धराैटी बुझाएर रिहा भइसकेका छन् । तीनकुने घटनाका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij