पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

    चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो ।

    गएराति पानी परेपछि आज सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो हटाएपछि सवारीसाधनको चापलाई मध्यनजर गरी एकतर्फी बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij