बर्लबामा पहिरो जाँदा कालिगण्डकी करिडोर अवरुद्ध

बर्लबामा पहिरो जाँदा कालिगण्डकी करिडोर अवरुद्ध

सोमवार, आषाढ २ २०८२
सोमवार, आषाढ २ २०८२
  • बर्लबामा पहिरो जाँदा कालिगण्डकी करिडोर अवरुद्ध

    काठमाडौं । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । 

    प्रहरी चौकी भुर्तुङका अनुसार सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक देव बहादुर भुजेल नेतृत्वको टोली परिचालन गरिएको छ ।

    तर पहिरो झरिरहेकाले तत्काल सडक खुलाउने कार्य सुरु गर्न नसकिएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार पहिरो झर्न रोकिएपछि मात्रै सडक खुलाउने कार्य अघि बढाइने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij