कस्तो रहनेछ आजको मौसम, कहाँ कहाँ छ हिमपातको सम्भावना ?

कस्तो रहनेछ आजको मौसम, कहाँ कहाँ छ हिमपातको सम्भावना ?

सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • कस्तो रहनेछ आजको मौसम, कहाँ कहाँ छ हिमपातको सम्भावना ?

    काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 

    कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि मंगलबार  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।   

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij