उत्तराखण्डको रुद्रप्रयागमा केदारनाथ दर्शनका लागि जाँदै गरेको हेलिकप्टर दुर्घटना, सवार सबै जनाको मृत्यु

उत्तराखण्डको रुद्रप्रयागमा केदारनाथ दर्शनका लागि जाँदै गरेको हेलिकप्टर दुर्घटना, सवार सबै जनाको मृत्यु

आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • उत्तराखण्डको रुद्रप्रयागमा केदारनाथ दर्शनका लागि जाँदै गरेको हेलिकप्टर दुर्घटना, सवार सबै  जनाको मृत्यु

    भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै आइतबार बिहान भएको हेलिकप्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको हो । दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हो।

    आर्यन कम्पनीको उक्त हेलिकप्टर केदारनाथ धामबाट फाटातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ। उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए ।

    दुर्घटनाको खबर पाएलगत्तै राष्ट्रिय विपद् प्रतिक्रिया बल र राज्य विपद् प्रतिक्रिया बलका टोलीहरू घटनास्थलमा पुगेका छन् । उनीहरूले शवहरूलाई पोस्टमार्टमका लागि पठाएका छन्।

    घटना पछि राज्य सरकारले चारधाममा हेलिकप्टर सेवामा तत्काल रोक लगाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij