काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व-वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । आइतबार नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा व्यञ्जनकारको निधन भएको हो ।
व्यञ्जनकार लगातार दसपटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित भएका थिए । तर, ०७९ को स्थानीय चुनावमा उनी रविनमान व्यञ्जनकारसँग पराजित भएका थिए ।
त्यतिबेला नरसिंह नेपाली कांग्रेसका उमेदवार रविनमानसँग २८२ मतले पराजित भएका थिए । नरसिंहले ५४३ मत ल्याउँदा रविनमानले ८२५ मत ल्याएका थिए ।